सूचना तथा समाचार
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाउने सन्दर्भमा कमल गाउँपालिकाको सभाहलमा शुभारम्भ कार्यक्रम
“सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा बिरुद्धको अभियान” भन्ने नाराका साथ विभिन्न कार्यक्रमगरी लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान २५ नोभेम्बर देखी १० डिसेम्बर सम्म विविध कार्यक्रम सहित मनाउने सन्दर्भमा कमल गाउँपालिकाको सभाहलमा शुभारम्भ कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा उपस्थित सबै जनाले सेतो रिवन लगाई मेरो प्रतिबद्धता म हिंसा गर्दिन, म हिंसा सहन्न, हिंसा भएको देखेमा प्रतिकार गर्नेछु भनेर प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नु भएको थियो ।
कार्यक्रममा वडा नम्वर ७ स्थित युवा समुहले लैङ्गिक हिंसा सम्बन्धि भावना भण्डारीले मञ्चन गरेको चेतना मुलक लघु नाटक प्रस्तुत गरिएको थियो । कार्यक्रममा कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राई ज्यु, उपाध्यक्ष प्रमिला न्योपाने ज्यु, १ नम्वर वडा अध्यक्ष केदार कटुवाल ज्यु, शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपाने, महिला तथा वालवालिका शाखा प्रमुख रिता कार्की, प्रहरी चौकी केर्खाका प्रहरी नायव निरीक्षक सुवास मिश्र, लखनपुर खानेपानी सस्था अध्यक्ष उषा भण्डारी , कमल वाल सन्जालकी सचिव रन्जना बस्नेतले मन्तव्य राख्नु भयो । कार्यक्रममा गाउँपालिका जनप्रतिनिधी तथा कर्मचारी , टोल विकास सस्थाका प्रतिनिधि, संघसस्थाका प्रतिनिधि, शिक्षक, विध्यार्थी , प्रहरी, महिला स्वयमसेविका लगायतको उपस्थिती रहेको थियो ।
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाउने सन्दर्भमा कमल गाउँपालिकाको सभाहलमा शुभारम्भ कार्यक्रम