FAQs Complain Problems

ग्यालरी

कमल गाउँपालिकाको आयोजनामा "महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी" भन्ने नाराका साथ ११४ औं अन्तराष्ट्रिय महिला दिवस कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा महिलाहरुलाई सम्मान तथा विपन्न व्यवसायी महिलाहरुका लागि ठेला वितरण गरिएको छ ।

मिति: 03/22/2024 - 11:42
, , , , , , , , , , , , , , , , , , ,

कमल गाउँपालिकाको गाउँसभाको १४ औं अधिवेशन बैठक आज मिति २०८० फागुन १५ गते सम्पन्न भएको छ । साथै कमल गाउँपालिकाको आ.व. २०८०/८१ मा संचालित योजना तथा कार्यक्रमहरुको अर्धवार्षिक समिक्षा गोष्ठी अध्यक्ष हुकुम सिंह राईज्यूको अध्यक्षता तथा उपाध्यक्ष प्रमिला न्यौपानेज्यू, प्रमुख प्रशासकिय अधिकृतज्यू, वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु, वडा सदस्यज्यूहरु, शाखा प्रमुखज्यूहरु, वडा सचिवज्यूहरु र कर्मचारीज्यूहरुको उपस्थितिमा सम्पन्न भयो । कमल गाउँपालिकाको गाउँसभाको १४ औं अधिवेशन बैठकको अवसरमा तह वृद्धि र तह मिलान हुने कर्मचारीज्युहरुलाई हार्दिक बधाई ज्ञापन गरीएको छ ।

मिति: 03/22/2024 - 11:40
, , , , , , , , , , , , , , , , , , ,

आज मिति २०८० माघ २० गते शनिवारको दिन कमल गाउँपालिकाका अध्यक्ष श्री हुकुमसिंह राईज्यूको अध्यक्षता तथा कोशी प्रदेशका मुख्यमन्त्री माननीय केदार कार्कीज्यूको प्रमुख आतिथ्यमा कमल-५ स्थित आदिवासी जनजाती रङ्‌गशालामा सम्पन्न भएको बालमैत्री कमल गाउँपालिका घोषणा समारोह २०८० सम्पन्न भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री माननीय केदार कार्कीज्यूले कमल गाउँपालिकालाई कोशी प्रदेशको पहिलो बालमैत्री गाउँपालिका घोषणा गर्नु भएको हो ।

मिति: 03/22/2024 - 11:36
, , , , , , , , , , , , , , , , , , ,

कमल गाउँपालिका उपाध्यक्ष तथा बजार अनुगमन समिति संयोजक श्री प्रमिला न्यौपानेज्यूको संयोजकत्वमा आज पालिकाको स्थानिय बजारहरु ढ्याङ्ग्री बजार, सरङपाडा बजार, सोल्मारी चोक, वासवारी बजारको अनुगमन गरिएको छ । अनुगमनका क्रममा म्याद गुज्रेका, लेबल नभएका र अखाध्य बस्तुहरु बरामद गरिएको छ । साथै व्यवसाय दर्ता गर्न, समयमै व्यवसाय नविकरण गर्न, मूल्य सूची, साइनबोर्ड अनिवार्य रुपमा राखी एक हप्ता भित्रमा सुधार गर्न बजार अनुगमन टोलीले निर्देशन दिएको छ । अनुगमनमा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा नं.

मिति: 03/22/2024 - 11:30
, , , , , , , ,

कमल गाउँपालिकाको आ. व. २०७९/८० मा संचालित योजना तथा कार्यक्रमहरुको वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपानेज्यूको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्य ज्यू, वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु, शाखा प्रमुख ज्यूहरु, वडा सचिव ज्यूहरु र कर्मचारीज्यूहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।

मिति: 03/22/2024 - 11:27
, ,

आज मिति २०८० भाद्र २५ गते कमल गाउँपालिकामा बालमैत्री स्थानीय शासन स्थापनाका लागि गाउँपालिकाले गरेका प्रयास, सूचक प्राप्ति तथा गुणस्तरका सम्बन्धमा स्थलगत अवलोकन तथा सर्वेक्षण गर्न जिल्लास्तरीय अनुगमन तथा सिफारिस समितिका संयोजक जिल्ला समन्वय समिति झापाका प्रमुख श्री विश्वनाथ बराजज्यूको संयोजकत्व तथा जिल्ला समन्वय समिति झापाका उपप्रमुख शान्ता रोक्काज्यू, कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईज्यू, उपाध्यक्ष प्रमिला न्यौपानेज्यू, शिक्षा विकास तथा समन्वय ईकाइ झापाका प्रमुख राजकुमार वि.क.ज्यू, प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यज्यू, प्रशासन कार्यालयबाट अधिकृत प्रतिनिधि महेशराज तिम्सिनाज्यू, प्

मिति: 03/22/2024 - 11:24
, , , , , , , , , , , ,

मिति २०८० असार १० गते कमल गाउँपालिका गाउँसभाको १३ औं अधिवेशनको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष हुकुम सिंह राईज्युले प्रस्तुत गर्नु भएको आगामी आ.ब. २०८०/८१ को निती तथा कार्यक्रम पारित भएको छ र दोस्रो बैठकमा उपाध्यक्ष प्रमिला न्यौपानेज्युले आगामी आ.ब. २०८०/८१ को बजेट प्रस्तुत गर्नुभयो । गाउँसभाको १३ औं अधिवेशनमा ७२ करोड २१ लाख २० हजारको आगामी आ.ब. २०८०/८१ को बजेट प्रस्तुत भयो। आज प्रस्तुत भएको बजेट गाउँसभाको आगामी वैठकमा पारित हुने । मितिः २०८०-०३-१८ कमल गाउँपालिका गाउँसभाको १३ औं अधिवेशन सम्पन्न भएको छ ।

 

मिति: 03/22/2024 - 11:19
, , , , , , , ,

आज मिति २०८०/०३/०३ गते आइतबारका दिन कमल गाउँपालिका उपाध्यक्ष तथा बजार अनुगमन समिति संयोजक श्री प्रमिला न्यौपाने ज्यूको संयोजकत्वमा कमल-६ स्थित डि.एम.

मिति: 03/22/2024 - 11:15
, , , , , ,

कमल गाउँपालिकाको विभिन्न क्षेत्रमा योगदान पुर्याउनुहुने महिलाहरुलाई सम्मान कार्यक्रम आज मिति २०८० जेष्ठ २८ गते कमल गाउँपालिकाको सभाहलमा सम्पन्न भयो । आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रमा क्रियाशिल रहेका १४ जना महिलाहरुलाई सम्मान गरिएको उक्त कार्यक्रममा कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राई ज्यू, उपाध्यक्ष प्रमिला न्यौपाने ज्यू , वडा अध्यक्ष ज्यूहरु , कार्यपालिका सदस्यज्यूहरुको उपस्थिति रहेको थियो ।

मिति: 03/22/2024 - 11:12
, , , , , , , , , ,

आज मिति २०८० जेठ ३ गते स्वास्थ्य मन्त्रालय कोशि प्रदेशका माननीय मन्त्री श्री निर्मला तावा लिम्बूको प्रमुख आतिथ्यमा यस कमल गाउँपालिका स्थित कमल नगर अस्पताललाई वर्क फर नेपाल र हेल्पिङ्ग हेण्ड फर रिलिफ डेभलपमेण्ट नेपालबाट स्वास्थ्य सामाग्रीहरु प्रदान र खानेपानीको प्लान्ट हस्ताण्तरण कार्यक्रम सम्पन्न भयो।

मिति: 03/21/2024 - 12:09
, , , , , , , , , , , , ,

कमल गाउँपालिकाको आ. व. २०७९/८० मा संचालित योजना तथा कार्यक्रमहरुको अर्धवार्षिक समिक्षा गोष्ठी २०७९/१०/२२ गते आइतवार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष हुकुम सिंह राई ज्यूको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रमिला न्यौपाने ज्यू, प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्य ज्यू, वडा अध्यक्ष ज्यूहरु, कार्यपालिका सदस्य ज्यूहरु, वडा सदस्य ज्यूहरु, शाखा प्रमुख ज्यूहरु, वडा सचिव ज्यूहरु र कर्मचारी ज्यूहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।

मिति: 02/05/2023 - 16:10
, , , , , , , , , , , , , , , , , , ,

“सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा बिरुद्धको अभियान” भन्ने नाराका साथ विभिन्न कार्यक्रमगरी लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान २५ नोभेम्बर देखी १० डिसेम्बर सम्म विविध कार्यक्रम सहित मनाउने सन्दर्भमा कमल गाउँपालिकाको सभाहलमा शुभारम्भ कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा उपस्थित सबै जनाले सेतो रिवन लगाई मेरो प्रतिबद्धता म हिंसा गर्दिन, म हिंसा सहन्न, हिंसा भएको देखेमा प्रतिकार गर्नेछु भनेर प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नु भएको थियो ।

मिति: 11/25/2022 - 18:47
, , , , , , , , , , , , , , , , , , ,

कमल गाउँपालिकाद्वारा गत आ. व. २०७८/७९ मा संचालित योजना तथा कार्यक्रमहरुको वार्षिक समिक्षा गोष्ठी २०७९/०७/१८ गते शुक्रवार गाउँपालिकाको सभाहलमा सम्पन्न गरिएको छ । गाउँपालिका अध्यक्ष श्री हुकुम सिंह राई ज्युको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष श्री प्रमिला न्यौपाने ज्यु, प्रमुख प्रशासकिय अधिकृत श्री राजकुमार शाक्य ज्यु, वडा अध्यक्ष ज्युहरु, कार्यपालिका सदस्य ज्युहरु, वडा सदस्य ज्युहरु, शाखा प्रमुखहरु, वडा सचिवहरु र कर्मचारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।

मिति: 11/05/2022 - 21:28
, , , , , , , , , , , , , , , , , , ,

Pages