सूचना तथा समाचार
राष्ट्रिय वाल दिवस २०७६
राष्ट्रिय वाल दिवस २०७६ को अवसरमा २०७६/०५/२९ गते कमल गाउँपालिका स्तरीय अन्तर मा वि वक्तित्वकला प्रतियोगितामा २३ वटा माध्यमिक विद्यालय मध्ये १७ वटा ले सहभागिता गराएका छन । जम्मा ४ वटा बिषयमा गोलाप्रथाबाट आफुले वोल्नु पर्ने विषयमा छनौट गर्नुपर्ने थियो । जसमा सुनिश्चित वाल अधिकार समृद्ध नेपालको आधार , वाल विवाह , वालअधिकार हाम्रो सरोकार, सुन्दर समाज निर्माणमा वालवालिकाको भुमिका विषयवस्तुहरु रहेका थिए।
सवै विद्यार्थीहरुले आफ्नो दमदार प्रस्तुती गरेका छन। जसमा हिमाली ई. वो. स्कुलका आदर्श सिग्देलले प्रथम स्थान हासिल गरेका थिए भने क्रमश द्वतियमा मंगलमय मा वि कि अम्विका भट्टराई तृतियमा स्मारिका सामुदायिक विद्यालयका राजेश दाहाल र सान्तवनामा वाणी मा वि कि छात्रा गिता थापा भएकी छिन। सो कार्यक्रममा निर्णायक मण्डलमा गौरादह क्यम्पसका श्री दिपक सुवेदी हुनुहुन्थ्यो ।
कार्यक्रमको अध्यक्षता कमल गाउँपालिका अध्यक्ष श्री मेनुका काफ्लेले गर्नुभयो भने प्रमुख प्रशासकिय अधिकृत श्री सुवास श्रेष्ठले शुभकामना मन्तव्य दिदै गाउँपालिकाको तर्फबाट सवै क्षेत्रको विकासमा लागिपर्ने वताउनु भयो । कार्यक्रमको संचालन स्वास्थ्य शाखाका तुलसीराम काफ्ले र बाल सञ्जालकी अध्यक्ष प्रितिका सुवेदीले गर्नुभएको थियो ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    