सूचना तथा समाचार
ग्यालरी
३१ औं अन्तराष्ट्रिय जेष्ठ नागरीक दिवस २०७८ का अवसरमा आज कमल गाउँपालिकाको आयोजनामा ३५ जना जेष्ठ नागरीकलाई सम्मान गरिएको छ।
३१ औं अन्तराष्ट्रिय जेष्ठ नागरीक दिवस २०७८ का अवसरमा आज कमल गाउँपालिकाको आयोजनामा गाउँपालिकामा भएका ७० वर्ष भन्दा माथिका आफ्नो जीवनमा राज्यको विभिन्न छेत्रमा योगदान पुर्याउनु भएको ३५ जना जेष्ठ नागरीकलाई खादा ओडाएर छाता र लौरो प्रदान गरी सम्मान गरिएको छ।
कमल गाउँपालिका सहकारी शाखाको आयोजनामा यस गाउँपालिका भित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरुलाई आदरणिय प्रशिक्षक ज्यूहरु श्री घनश्याम , अधिकारी वचत तथा ऋण सहकारी संस्था केन्द्रीय सदस्य तथा प्रदेश १ अध्यक्ष र श्री वलराम निरौला , रजिस्टार प्रदेश १ प्रदेश सहकारी रजिस्टारको कार्यालयबाट प्रशिक्षण भइ सञ्चालन भएको २ दिने सहकारी अन्तरकृया कार्यक्रम मिति २०७८/०६/१० मा सफल्तापुर्वक सम्पन्न भएको छ ।
आज मिति २०७८ भदौ ३१ गते कमल गाउँपालिकाको आ. व. २०७७/७८ को बार्षिक समिक्षा गोष्ठी यस गाउँपालिका अध्यक्ष श्री मेनुका काफ्ले ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ। समिक्षा गोष्ठीमा वडाका वडा सचिव र विषयगत शाखा प्रमुखहरुले आफ्नो प्रस्तुति गर्नु भएको थियो ।
राष्ट्रिय बालदिवस २०७८ को अवसरमा आज कमल गाउँपालिकाको आयोजनामा “सामान्य अवस्थामा वा कोभिड माहामारी,बाल अधिकार संरक्षण हाम्रो जिम्मेवारी” भन्ने नाराका साथ वक्तृत्वकला प्रतियोगित सम्पन्न भयो। कार्यक्रममा गाउँपालिकाका १२ जना विध्यार्थि सहभागी रहनु भएको थियो । सहभागी विध्यार्थि मध्ये वन्डरल्याड बोडिङ्ग स्कुल कमल ३ की छात्रा अङकिता सुवेदी प्रथम , मंगलमय माध्यमिक विध्यालय कमल ५ कि छात्रा सञ्जना बस्नेत द्वितिय, साउथपोल अंग्रेजी माध्यमिक कमल ५ कि छात्रा अनिशा खत्री तृतिय, सरस्वती माध्यामिक विध्यालय कमल ७ की छात्रा प्रगती दाहाल , व्राईटफ्युचर बालक्लव कमल ७ का बाबुराम न्यौपाने सान्त्वता हुनुभयो । प्रत